मन्दिरको गेट बनाउने क्रममा च्यापिएर एकजनाको मृत्यु
रुकुम–पश्चिम । रुकुम–पश्चिमको मुसिकोट नगरपालिका–४, मुसीडाँडामा गेट निर्माणका क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ। गेटले च्यापिएर मुसिकोट नगरपालिका–४ का ५८ वर्षीय खीमबहादुर गिरीको मृत्यु भएको हो।
शनिबार (वैशाख ६) दिउँसो मुसीडाँडास्थित मन्दिरको गेट निर्माणका क्रममा पुरानो गेट भत्कँदा च्यापिएर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमका सूचना अधिकारी एवं इन्स्पेक्टर ऋषि पाठकले जानकारी दिए।
उनका अनुसार, घटना भएको खबर पाएलगत्तै प्रहरी निरीक्षक पाठकको नेतृत्वमा आठजनाको टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धान भइरहेको उनले बताए। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment