शिक्षकहरुको प्रदर्शन : काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावित (तस्बिर)

डिसी नेपाल
७ वैशाख २०८२ ११:५८
124
Shares

काठमाडाैं। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आइतबार पनि काठमार्डाैंमा प्रदर्शन गरेका छन्।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा शिक्षकहरुले माइतीघर-बानेश्वर क्षेत्रमा प्रदर्शनसहित धर्ना दिएका हुन्। यसअघि मध्यान्हपछिमात्रै प्रदर्शनमा उत्रिएका शिक्षकहरु आइतबार भने बिहानैबाट प्रदर्शनमा सहभागी भएका थिए।

उनीहरुले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गरेका हुन्।

सो क्रममा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अनुशाासित, मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षकहरुलाई आग्रह गरे। महासंघले गरेको लगातारको आन्दोलनका कारण बानेश्वर-माइतीघर सडकखण्ड प्रभावित हुदै आएको छ भने शैक्षिक गतिविधि ठप्प भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *