लगातारको शिक्षक आन्दोलनले राजधानीका सडक अस्तव्यस्त (तस्बिर)
काठमाडाैं। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ।
आफूहरुको माग पुरा नभएसम्म विद्यालय नफर्कने भन्दै महासंघले आन्दोलन जारी राखेको हो। कार्यालय समयमा शिक्षकहरुले प्रदर्शन गरेपछि बानेश्वर आसपासका क्षेत्रमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। सरकारले शिक्षकहरुको माग पूरा गर्ने बताएपनि शिक्षकहरु भने निरन्तर आन्दोलनमा छन्।
उनीहरुले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। महासंघले आन्दोलन तुहाउन बिभिन्न प्रयास भएपनि आफूहरु पछि नहट्ने जनाएको छ।
शिक्षकहरुले राज्यले आफूहरुको माग समयमा नै सुनुवाई नगर्दा शैक्षिक गतिविधि प्रभावित हुन पुगेको जनाएका छन्।






No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment