कक्षा १२ को परीक्षाका विषयमा निर्णय लिन बोर्ड बैठक बस्दै

डिसी नेपाल
९ वैशाख २०८२ ९:५९
660
Shares

काठमाडौं। कक्षा १२ को परीक्षाबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक बस्दैछ। शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्यौलमा परेपछि बोर्ड बैठक बस्न लागेको हो।

आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।

शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन्, शिक्षा ऐन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ रहेको छ।

उनीहरू आन्दोलनमा नै रहेको खण्डमा प्लस टुको परिक्षा प्रभावित हुन सक्नेछ। साथै, शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा उनीहरू रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *