भारी मात्रामा अवैध चाँदी बरामद
काठमाडौं । बारा प्रहरीले अवैध चाँदी बरामद गरेको छ। मंगलबार साँझ ५:३० बजे प्रहरी चौकी पथलैया बाराबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित वीरगंजबाट तुलसीपुर दाङ जाँदै गरेको बा प्र ३२५६ नम्बरको यात्रु बाहक बसमा अन्दाजी ६ किलो चाँदी फेला परेको हो।
चेक जाँच गर्दा बसको क्याभिनभित्र सिट मुनि बेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शंकास्पद लागि खोली हेर्दा उक्त कार्टुनभित्र लुकाई छिपाई राखिएको चाँदी जस्तो देखिने रेडिमेट गहना फेला परेको प्रहरीले जनाएको छ।
उक्त चाँदीको अनुमानित मूल्य १० लाख ८० हजार हुने प्रहरीको भनाइ छ। यस विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment