पाँच जनाको शव फेला

डिसी नेपाल
११ वैशाख २०८२ १७:४०
24.8k
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा पाँच जनाको शव फेला परेको छ।

कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली नदीमा पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।

सल्यानको दार्मा गाउँपालिका-५ बाध्नेस्थित सडक छेउमा रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-९ घर भएका ६० वर्षीय मान सिंह कसेरा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

इलामको चुलाचुली गाउँपालिका-२ हात्तिलेदा बस्ने ८४ वर्षीय रहिमान कुरुङफोङ सोही ठाउँस्थित मकै बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

रौतहटको गरूडा नगरपालिका-८ स्थित चाँदी खोलामा वृन्दावन नगरपालिका-७ बस्ने सुरूज राय यादवको छोरा १४ वर्षीय कृष्ण प्रसाद यादव बिहीबार मृत अवस्थामा फेला परेका छन्।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ पुर्णागिरी टोलस्थित मलरिया नालामा सोही ठाउँ बस्ने ३५ वर्षीय प्रेम सुनार बिहीबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *