रौतहटबाट भन्सार छलीका सामान बरामद
रौतहट । रौतहट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। लाखौंको भन्सार छलीको सामानसहित तीन मोटरसाइकल र चार साइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाल–भारत सीमास्थित भारतीय बजारबाट खरिदगरी भित्र्याइँदै गरेको ३ लाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना सामाग्री , कस्मेटिकसहित उक्त सवारी साधन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए।
बरामद सामानसहित सवारी साधन आवश्यक कारबाहीको लागि शुक्रबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment