दार्चुलामा भूकम्पको धक्का महसुस

डिसी नेपाल
१४ वैशाख २०८२ १८:४८
784
Shares

दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

आइतबार दिउँसो ३ बजेर ४९ मिनेट जाँदा सदरमुकाम खलङ्गा लगायतका स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट युवराज सुवेदीका अनुसार नेपाल–भारत सीमा नजिकैको क्षेत्र उत्तराखण्ड प्रदेशको सुवा भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *