अछाममा एमालेको नेतृत्व सर्वसम्मत चयन

डिसी नेपाल
१७ वैशाख २०८२ १६:११
252
Shares

अछाम । नेकपा एमाले अछामको अध्यक्षमा शिवप्रसाद उपाध्याय सर्वसम्मत चयन भएका छन्।

मंगलबार सम्पन्न नवौं जिल्ल्ला अधिवेशन उपाध्यायको नेतृत्वमा ८७ सदस्यीय नयाँ कमिटी निर्विरोध चयन गरेको हो। जसअनुसार नवनिर्वाचित अध्यक्ष उपाध्याय हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सचिवालय सदस्य थिए।

नवौं जिल्ल्ला अधिवेशनबाट उपाध्यक्षमा तिलक कुँवर, सचिवमा हिरण्य भट्टराई, सहसचिवमा गौमती शाही र टोपबहादुर शाही निर्वाचित भएका छन् भने जिल्ला कमिटीको सदस्यमा खुला, महिला र युवा दशवटै स्थानीय तहको प्रतिनिधित्व हुने गरेर ६७ जना, समावेशीतर्फको दलित, आदिवासी जनजाति, अल्पसंख्यक, अपाङ्गताबाट ११ जना जिल्ला कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *