रेशमलाई तत्काल छोड्न डिल्लीबजार कारागारलाई सर्वोच्चको पत्र

डिसी नेपाल
१७ वैशाख २०८२ १६:४६
444
Shares

काठमाडौं । नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले डिल्लीबजार कारागारलाई पत्र पठाएको छ।

सहरजिस्ट्रार अच्युत कुइकेलले रेशम चौधरीलाई डिल्लीबजार कारागारका नाममा सर्वोच्चबाट लेखिएको पत्र आधिकारीक नभएको स्पष्ट पार्दै थुनामुक्त गर्न पत्र पठाएका हुन्।

‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिती २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गाविस वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ,’ प्रहरी महानिरीक्षकलाई बोधार्थ दिएको पत्रमा भनिएको छ।

बुधबार नाउपा र जनमत पार्टीबीच हुन लागेको एकता घोषणा स्थाल प्रज्ञाभवन कमलादीबाट रेशम पक्राउ परेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *