नक्कली नोटसहित एक जना पक्राउ

डिसी नेपाल
१७ वैशाख २०८२ १७:३४
140
Shares

मोरङ । नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।

विराटनगर महानगरपालिका–१३ बाट भारतीय ५ सय दरका ७ थान नक्कली नोट सहित भारत बिहार अररिया बस्ने १९ वर्षीया सिम्पी बैसन्तिलाई प्रहरीले पक्राउ गरेको हो।

सोही ठाउँस्थित किराना पसलमा सिम्पीले सामान किने पश्चात नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *