सरकारले कुनै नयाँ कार्यक्रम अघि सार्न सकेन : रास्वपा

डिसी नेपाल
१९ वैशाख २०८२ १७:४३
76
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले ल्याएको नीति तथा कार्यक्रममा नयाँ कुरा केही नभएको प्रतिक्रिया दिएको छ।

नीति तथा कार्यक्रम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै रास्वपा सांसद शिशिर खनालले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘नयाँ कुरा केही छैन। सरकार पुरै थाकेर, हारेरको जस्तो देखियो। केही नयाँ कार्यक्रम घोषणा गर्न सकेको छैन।’

उनले पछिल्लो दशकमै सुनेको कार्यक्रमलाई नै निरन्तरता दिएको आरोप लगाए।

‘२०७४ चुनावपछि दुई तिहाइको सरकार बन्दा पुरा गर्न नसकिने, हावादारी भएपनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो। आज यो बलियो सरकार हुँदापनि कुनै नयाँ कार्यक्रम राखेको छैन,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *