अर्थतन्त्रको ऐनामा कुरुप कमिसन खोरको अनुहार देखिएको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारबाही गर्न माग गरेकी छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैटठकमा बोल्दै उनले आईपीओहरूको निष्कासन गर्नको लागि उनले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गरिन्।
‘भनिन्छ पुँजी बजार देशको अर्थतन्त्रको ऐना हो। तर, यो ऐनामा एउटा कुरुप कमिसन खोरको अनुहार देखिएको छ। आईपीओहरूको निष्कासन गर्नको लागि धितोपत्र बोर्डको प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन मागको कुरा बजारमा आइरहेको छ। बोर्डले आफूले राम्रोसँग काम गरेको छैन। पुँजीबजारमा हजारौं नागरिकको पैसा फसेको छ,’ उनले भनिन्।
पैसा फसेकैले हजारौं नागरिक अन्यायमा परेको उनको ठहर छ। तत्कालै सुशासन समितिले कारबाही अगाडि बढाउन र बोर्ड अध्यक्षमाथि कारबाही गर्न उनले माग गरेकी छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment