कोशीको बजेट अधिवेशन जेठ ४ गते आह्वान
विराटनगर । कोशी प्रदेश सरकारले आगामी जेठ ४ गते दिउँसो २ बजेबाट प्रदेश सभाको सातौं (वर्खे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिइन्।
बैठकले अन्य महत्त्वपूर्ण निर्णय पनि गरेको छ। स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीबारे प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय भएको उनले जनाइन्।
यसैगरी, सुनसरी जिल्लाको कोशी गाउँपालिकाको केन्द्र स्थान हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।
त्यस्तै, ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२’ स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ।
प्रदेश सरकारले हालै सम्पन्न प्रदेश लगानी सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्याउने सबैलाई धन्यवाद दिने प्रस्ताव पनि पारित गरेको छ। वैशाख १८ र १९ गते सम्पन्न सम्मेलनलाई भव्य बनाउने सम्पूर्ण पक्षप्रति प्रदेश सरकार कृतज्ञ रहेको जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment