श्रम प्रशासनलाई थप व्यवस्थित गर्दै अघि बढ्ने छौं : श्रममन्त्री
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम प्रशासनलाई थप व्यवस्थित गर्दै अघि बढ्ने बताएका छन्।
नेपाल ट्रेड युनियन कांग्रेसले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले श्रम कार्यालयलाई प्रदेशसँग जोड्ने गरि काम भइरहेको बताएका हुन्।
श्रम सम्बन्धी कार्यलाई पारदर्शी बनाउनका लागि सवै सेवा, सूचनाहरूलाई एकीकृत गर्ने काम भएको उनले बताए। उनले रोजगारीको विकल्प रोजगारी नै हुने भएको हुनाले त्यसका लागि सबै पक्ष्म मिलेर काम गर्नुपर्नेसमेत बताए।
मन्त्री भण्डारीले रोजगारीलाई सिपसँग जोडन सके देशभित्र पनि थुप्रै रोजगार सृजना गर्न सकिने दाबी गरे। उनले श्रम क्षेत्रमा देखिएको समस्या एक अर्कामाथि आरोप लगाएर पन्छिन नमिल्ने भन्दै सरकार, ट्रेड युनियन र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।
मन्त्री भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा श्रमिकहरुको हकहितलाई ध्यानमा राखी सामाजिक सुरक्षामा अनिवार्य लागू हुने कार्यक्रम अगाडि सारिएको भन्दै त्यसका लागि आवश्यक ऐन, कानुन संशोधन हुने जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment