भोलि लिङ्देन, थापा, सुवेदी, विष्टले सामूहिक आन्दोलनको घोषणा गर्ने

डिसी नेपाल
२४ वैशाख २०८२ १७:४८
1.0k
Shares

काठमाडौं । नबराज सुबेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सक्रिय देखिएको छ।

समितिको आयोजनामा भोलि वैशाख २५ गते सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाइएको छ।

घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली कांग्रेस (बिपि)का सुशिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलगायत राजावादी हिन्दुवादी संघ, संस्था र अभियानको सहभागीता रहने बुझिएको छ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले सुबेदीको नेतृत्वमा रहेको जनआन्दोलन समितिले भोलि आन्दोलनको घोषणा गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति हुने पुष्टि गरे।

उनले भने, ‘कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुनुहुन्छ। भ्रष्ट ब्यवस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य छ। आन्दोलन शान्तिपूर्ण हुनेछ।’ भोलि हुने कार्यक्रममा विभिन्न ५० भन्दा बढी संघ संस्रुले अब हुने आन्दोलनमा समर्थन जनाउँदै प्रतिबद्धता व्यक्त गर्ने तयारी रहेको स्रोतको दाबी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *