प्रदीप नेपालको निधनप्रति प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित
काठमाडौं । प्रतिनिधिसभाले बामपन्थी नेता प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सर्वसम्मतले पारित गरेको हो।
बैठकले नेपालको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
नेपालको ७१ वर्षको उमेरमा काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो। उनी पहिलोपटक २०५० सालमा एमालेकातर्फबाट राष्ट्रियसभामा निर्वाचित भएको थियो भने बिक्रम सम्वत २०५६ मा काठमाडौं जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment