आतंकवादविरुद्धको लडाइँमा भारतलाई साथ दिनुपर्छ : रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारतले जारी राखेको आतंकवादविरुद्धको लडाइँमा नेपालले पनि साथ दिनुपर्ने धारणा राखेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भारतले पाकिस्तानी आतंकवादको विरुद्ध थालेको लडाइँमा नेपालले पनि साथ दिनुपर्ने बताएका हुन्।
‘भारतले पाकिस्तानको आतंकवादविरुद्ध गरेको युद्धले हामी जोखिमयुक्त अवस्थामा छौं। यो जटिलताको सामना गर्न सरकार तयारी रहोस्। आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment