राजावादीहरूको एकता अब टुट्ने छैन : कमल थापा

डिसी नेपाल
२५ वैशाख २०८२ १६:०६
88
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने बताएका छन्।

राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले हिन्दु राष्ट्रको र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने संकल्पका साथ एक ठाउँमा भेला भएको बताएका हुन्।

उनले भने, ‘आज हामी सबै राष्ट्रवादीहरु, राजावादीहरु, हिन्दुवादीहरु, प्रजातन्त्रवादीहरु एक ठाउँमा एकजुट भएर उभिएका छौं। केवल एक पटक भाषण गर्नको निम्ती मात्रै मञ्चमा उभिएका होइनौं। हामीहरु हिन्दु राष्ट्रको र राज संस्थाको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने संकल्पका साथ एक ठाउँमा भेला भएका छौं। हाम्रो एकतालाई अब कसैले चाहेर पनि कमजोर पार्न र टुटाउन फुटाउन सक्दैन।’

साथै उनले राष्ट्रवादी शक्तिहरु एकतावद्ध भएर चाँडै भ्रष्ट व्यवस्था र कुशासनबाट मुलुकलाई मुक्त तुल्याउने बताए। उनले हिन्दु राष्ट्रको पुनःस्थापना गरी आर्थिक सुशासन कायम गर्ने दाबी समेत गरे।

उनले भने, ‘एकताबद्ध भएर हामी चाँडै नै भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना गरी शुसासन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने अवस्थासम्म एकताबद्ध रहने छौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *