डेंगी संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
२६ वैशाख २०८२ १६:४९
116
Shares

काठमाडौं। पानी पर्न थालेकाले डेंगी संक्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेंगी संक्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन्। उनले भने, ‘पानी जम्मा हुँदा त्यसमा डेंगी सार्ने लामखुट्टेको विकास हुने गर्दछ। यसका लागि १५ देखि २० दिन लाग्छ। त्यसैले अबको १५ देखि २० दिन डेंगी संक्रमण हुने खतरा रहेको छ। सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ।’

पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेंगी रोग लाग्ने गर्दछ।

शाखा प्रमुख डा दाहालले गत वर्ष धेरै डेंगी संक्रमण भएका ३५ स्थानीय तहमा संक्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताए । उनका अनुसार पुस १७ यता ९६८ जनामा संक्रमण देखिएको छ। सन् २०२४ मा देशका ७६ जिल्लामा डेंगी संक्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित र १५ जनाको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.