युद्धबिरामपछि भारतीय वायुसेनाले भन्यो -‘अपरेशन अझै जारी छ’
काठमाडौं । युद्धविरामको बीचमा भारतीय वायुसेनाले अपरेशन अझै जारी रहेको बताएको छ। यस सम्बन्धी जानकारी आगामी समयमा दिइने वायुसेनाले जनाएको छ । वायुसेनाले आफ्नो सामाजिक सञ्जाल ह्यान्डल एक्समा यो जानकारी दिएको छ।
एक्समा अपरेशनको निरन्तरताको बारेमा जानकारी दिँदै भारतीय वायुसेनाले लेख्यो, ‘भारतीय वायुसेनाले अपरेशन सिन्दूरमा आफ्नो तोकिएको कार्यहरू सटीकता र व्यावसायिकताका साथ सफलतापूर्वक सम्पन्न गरेको छ। यी कार्यहरू राष्ट्रिय उद्देश्यहरू अनुरूप सोचविचार र विवेकपूर्ण रूपमा सञ्चालन गरिएका थिए। अपरेशन अझै जारी रहेकोले विस्तृत जानकारी सही समयमा दिइनेछ। साथै, भारतीय वायुसेनाले सबै अनुमान र अप्रमाणित जानकारीको प्रसारबाट बच्न अपील गरेको छ।
भारत र पाकिस्तानबीच बढ्दो तनावलाई ध्यानमा राख्दै धेरै देशहरूको सहयोगमा युद्धविराममा सहमति भएको थियो तर केही घण्टा पछि दुवै देशले एक अर्कामाथि युद्धबिराम उल्लंघनको आरोप लगाएका थिए । अहिले दिल्लीस्थित प्रधानमन्त्री निवासमा उच्चस्तरीय बैठक भइरहेको छ, जहाँ रक्षामन्त्री राजनाथ सिंह, एनएसए अजित डोभाल, सीडीएस र तीनै सेनाका प्रमुखहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई वर्तमान अवस्थाको बारेमा जानकारी गराइरहेका छन्।







डिसी नेपाल








Facebook Comment