पाकिस्तानले युद्धविराम कायम राख्ने तर सिन्धु जल सन्धि र कश्मीरको मुद्दा नछोड्ने

डिसी नेपाल
२८ वैशाख २०८२ १४:२८
3.0k
Shares

काठमाडौं । भारत र पाकिस्तानबीच चार दिनको सैन्य तनावपछि शनिबार युद्धविरामको घोषणा भएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आइतबार पाकिस्तान युद्धबिराममा कायम रहने तर कश्मीर, सिन्धु जल सन्धि र आतंकवाद जस्ता प्रमुख मुद्दाहरू भारतसँग छलफलको हिस्सा हुन सक्ने बताएका छन् ।

एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा आसिफले भने, “यी तीन महत्त्वपूर्ण मुद्दाहरू हुन् जसमा छलफल गर्न सकिन्छ। हामी युद्धविराममा अडिग रहनेछौं।” उनले भारतसँगको लामो समयदेखि चलिरहेको विवादास्पद मुद्दाहरूको उल्लेख गरिरहेका थिए, जसमा पहिले धेरै पटक वार्ता भएको थियो तर कुनै निर्णायक नतिजा निस्कन सकेन।

यो वक्तव्य यस्तो समयमा आएको हो जब भारत र पाकिस्तानले जमिन, वायु र समुद्रमा तत्काल प्रभावले सबै सैन्य कारबाहीहरू रोक्न “सहमत” भएका छन्। पाकिस्तानले यसलाई युद्धविराम सम्झौता भनेको भए पनि भारतले यसलाई “आपसी समझदारी” मात्र भनेको छ।

पाकिस्तानका रक्षामन्त्रीले यदि यो युद्धविराम दिगो शान्तितर्फको पहिलो कदम साबित भयो भने यसलाई सकारात्मक संकेत मानिने बताए । यद्यपि, उनले अहिले नै केही भन्नु हतार हुने पनि बताए।

पाकिस्तानका रक्षामन्त्रीले वर्तमान संकटमा कूटनीतिक सन्तुलन कायम राख्न मद्दत गर्ने देशहरूको पनि प्रशंसा गरे। यी मध्ये चीन, टर्की, अजरबैजान र खाडी देशहरू विशेष रूपमा उल्लेख गरिएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.