रूसले ३० दिने युद्धविराममा सहमति जनाए मात्र वार्ता सम्भवः युक्रेन

डिसी नेपाल
२९ वैशाख २०८२ ७:३१
264
Shares

काठमाडौं। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यदि रूसले ३० दिनको युद्धविराममा सहमति जनायो भने युक्रेन वार्ताका लागि तयार हुने बताएका छन्। साथै उनले मे १५ मा इस्तानबुलमा वार्ता हुन सक्ने संकेत समेत दिएका छन्।

राष्ट्रपति जेलेन्स्कीले तीन वर्षअघि सुरु भएको युद्धयता पहिलोपटक रूसबाट केही सकारात्मक संकेत देखिएको बताए। उनले यसलाई शान्तिको दिशामा प्रारम्भिक पाइला भएको उल्लेख गरे।

सामाजिक सञ्जालमार्फत उनले भने, “एक दिनका लागि पनि हिंसा जारी राख्नुको अर्थ छैन। यदि रूसले पूर्ण, विश्वसनीय र स्थायी युद्धविराममा सहमति जनायो भने युक्रेन वार्ताका लागि तयार छ।”

राष्ट्रपति जेलेन्स्कीका प्रमुख सल्लाहकार एन्ड्री यर्माकले पनि वार्ताका लागि पहिलो शर्त युद्धविराम भएको स्पष्ट पार्दै भने, “पहिला ३० दिनको युद्धविराम, त्यसपछि मात्र अन्य विषयमा छलफल हुनेछ।”

यता, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि वार्ताका लागि मे १५ को मिति प्रस्ताव गरे। तर, उनले युक्रेन र उसका पश्चिमी सहयोगीहरूद्वारा प्रस्तावित ३० दिने युद्धविरामको मागबारे कुनै प्रत्यक्ष प्रतिक्रिया जनाउनुभएको छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *