अमेरिकाले चीनसँग व्यापार सम्झौताको घोषणा गर्यो
काठमाडौं । अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ। ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा पनि गरेको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने, “मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका छन्। यस सम्झौताको बारेमा जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको छ। यसको विवरण भोलि जारी गरिनेछ।”
“पछिल्ला दुई दिन धेरै रचनात्मक भएका छन्। हामी धेरै चाँडै सहमतिको बिन्दुमा पुग्न सक्षम भयौं, जसले हाम्रा भिन्नताहरू धेरैले सोचेजस्तो ठूला छैनन् भन्ने देखाउँछ,” अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रीरले भने।
उनले भने, “अमेरिका हाल १२०० अर्ब डलरको व्यापार घाटामा छ। यही कारणले गर्दा अमेरिकाका राष्ट्रपतिले कर लगाउने घोषणा गरेका थिए।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment