आज बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?
काठमाडौं । आज (बिहीबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ उकालो लागेको छ । हिजो सामान्य रुपमा ओरालो लागेको विदेशी मुद्राको भाउ आज फेरि उकालो लागेको हो। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ १४ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ९४ पैसा र बिक्रिदर १४० रुपैयाँ ६८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३३ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनाार एकको खरिदर ३७७ रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर ३७९ रुपैयाँ रहेको छ। बहराईन दिनार एकको खरिददर ३०३ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर ३०४ रुपैयाँ ४१ पैसा रहेको छ।
राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर

No ads found for this position

डिसी नेपाल
Facebook Comment