दक्षिण अफ्रिकी ५९ श्वेत नागरिक शरणार्थीका रुपमा पुगे अमेरिका

डिसी नेपाल
३० वैशाख २०८२ ७:१८
140
Shares

काठमाडौं। दक्षिण अफ्रिकाका श्वेत अल्पसंख्यक समूहलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीको मान्यता दिने घोषणापछि पहिलो चरणमा ५९ जना दक्षिणी अफ्रिकीहरु अमेरिका पुगेका छन्।

दक्षिण अफ्रिकामा अश्वेतको शासनले श्वेतहरू अन्यायमा परेको र उनीहरूमाथि रंगभेद भएको बताउँदै राष्ट्रपति ट्रम्पले अमेरिका आउन चाहे उनीहरूलाई स्वागत गर्ने घोषणा गरेका थिए।

यसै योजनाअन्तर्गत दक्षिण अफ्रिकाका श्वेत अल्पसंख्यक समूह आफ्रिकाका ५९ जना अमेरिका पुगेका हुन्। तर दक्षिण अफ्रिकी सरकारले भने उनीहरु माथि कुनै उत्पिडन नभएको बताउँदै उनीहरुलाई शरणार्थी मान्नु उपयुक्त नहुने प्रतिक्रिया दिएको छ।

यता, ट्रम्प प्रशासनले अन्य सबै शरणार्थीको भर्ना प्रक्रिया रोकेको छ। जसमा युद्धग्रस्त क्षेत्रका हजारौं अफगानी र अफ्रिकी आवेदकहरू पनि परेका छन्। मानव अधिकारसम्बन्धी संस्था ह्युमन राइट्स वाचले यस निर्णयलाई क्रूर र जातीय रूपमा पक्षपाती कदम भएको बताएको छ।

साना बालबालिकासहित हिजो वासिङ्टन डीसी नजिकको डुलेस विमानस्थलमा उत्रिएका श्वेत दक्षिण अफ्रिकी शरणार्थीहरूलाई अमेरिकी अधिकारीहरूले स्वागत गरेका छन्। शरणार्थीको प्रक्रियाका लागि महिनौं वा वर्षौं लाग्ने भए पनि यो समूहको प्रक्रिया विशेष रूपमा छिटो गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *