उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

डिसी नेपाल
३१ वैशाख २०८२ ९:४७
72
Shares

काठमाडौं । उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ ।

सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व गुरिल्ला नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए ।

उरुग्वेका वर्तमान राष्ट्रपति यामांडू ओरसीले एक्समा जोस मुहिकाको मृत्युको जानकारी दिँदै लेखेका छन्, ‘तपाईंले हामीलाई जे जति दिनुभयो, त्यसका लागि धन्यवाद।’

पूर्व राष्ट्रपति मुहिकाको मृत्यु कसरी भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन । यद्यपि, उनी ओसोफेजियल क्यान्सरबाट पीडित थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *