जुनियर एनटिआर अब दादासाहेब फाल्केको बायोपिकमा देखिने

डिसी नेपाल
१ जेठ २०८२ १०:०२
256
Shares

हैदराबाद।  तेलुगु सुपरस्टार जूनियर एनटीआर भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको बायोपिकको भूमिकामा देखिने भएका छन्।

‘मेड इन इण्डिया’ नामक सो चलचित्रलाई वरुण गुप्ता (म्याक्स स्टुडियो) र एसएस कार्तिकेयद्वारा सेप्टेम्बर २०२३ मा प्यान इन्डिया शीर्षकको रूपमा घोषणा गरिएको थियो। तर, त्यसको बारेमा थप जानकारी दिइएको थिएन।

फिल्मको घोषणा भए देखि नै सो फिल्मका लागि एसएस राजामौली, एसएस कार्तिकेय र वरुण गुप्ता मिलेर स्क्रिप्टमा लगनशीलताका साथ काम गरिरहेका थिए। तर, अहिले उनीहरूले चलचित्रको पटकथा फाइनल गरेका छन्।

सो स्क्रिप्ट फाइनल भएपछि जुनियर एनटीआरलाई सुनाइएको थियो, जसले तुरुन्तै सो परियोजनाका लागि आफ्नो ​​​​स्वीकृति दिएको पिंकभिलाले रिपोर्ट गरेको छ।

‘एनटीआर जुनियरले स्क्रिप्ट सुने र फादर अफ इन्डियन सिनेमा भनेर चिनिने दादासाहेब फाल्केका बारेमा कम सुनिएका र बाहिर नआएका कथाहरू त्यसमा समावेश गरिएको थियो। जानकारहरूका अनुसार सो कथाले भारतीय सिनेमाको जन्म र उदयलाई वर्णन गरेको छ र विस्तृत विवरणले एनटीआर छक्क परेका छन्। ठूलो पर्दामा भारतीय सिनेमाको पिताको भूमिका खेल्न पाउँदा उनी उत्साहित रहेको रिपोर्टमा भनिएको छ।

आरआरआर स्टारर अहिले निर्देशक प्रशान्त नीलको पिरियड एक्शन ड्रामा ‘ड्र्यागन’ को छायांकनमा ब्यस्त रहेका छन् र त्यसपछि निर्देशक नेल्सन दिलीप कुमारको अर्को फिल्मको छायांकनमा जानेछन्। दुवै फिल्मको काम पूरा गरे पछि जुनियर एनटीआरले ‘मेड इन इन्डिया’ को छायांकनमा सहभागी हुनेछन्, जुन उनले आफ्नो करियरमा अहिलेसम्म गरेको भन्दा फरक फिल्म हुने जनाइएको छ।

यसैबीच, अभिनेता यशराज फिल्म्सको जासूसी एक्शन थ्रिलर वारः २ मा ऋतिक रोशनको सह-अभिनेताको रूपमा चाँडै पर्दामा देखिँदै छन्। चलचित्रको छायांकन सकिएको छ र यो वर्षको अगस्ट १४ मा विभिन्न भाषामा ठूलो पर्दामा आउने तय भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *