भारतीय सेनाले भन्यो, ‘म्यानमार सीमा नजिकै १० आतंककारी मारिए’
काठमाडौं । बुधबार राति भारतीय सेनाले भन्यो, “मणिपुरको चन्देल जिल्लामा आसाम राइफल्सको एक युनिटसँगको भिडन्तमा कम्तिमा दश जना आतंककारी मारिएका छन्।”
“भारत-म्यानमार सीमा नजिकै चन्देल जिल्लाको नयाँ समताल गाउँ नजिकै सशस्त्र आतंककारीहरूको आवागमनको बारेमा विशेष गुप्तचर सूचनाहरूको आधारमा आसाम राइफल्सको एक युनिटले मे १४ मा एक अपरेशन सुरु गरेको थियो,” भारतीय सेनाको पूर्वी कमान्डले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा भनेको छ ।
सेनाको पूर्वी कमाण्डले भन्यो, “अपरेशनको क्रममा, संदिग्ध आतंककारीहरूले सैनिकहरूमाथि गोली चलाएका थिए, जवाफमा १० आतंककारीहरू मारिएका थिए। यस अपरेशनमा ठूलो मात्रामा हतियार र गोला बारुद बरामद गरिएको छ।” भारतीय सेनाले अपरेशन अझै जारी रहेको बताएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment