गाजामा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सय भन्दा बढी
काठमाडौं। प्यालेस्टिनी उद्धारकर्ताहरूले प्रतिबन्धित गाजामा इजरायली आक्रमणमा एक सय भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन्।
अमेरिका समर्थित एक संगठनले यस महिनाको अन्त्यसम्ममा सहायता वितरण सुरु गर्ने बताइरहेका समय बिहीबार बिहानैदेखि ‘वेस्ट व्यांक’ क्षेत्रमा इजरायली सेनाद्वारा व्यापक हवाई आक्रमण भएको हो।
इजरायली सेना प्रमुखले भने, “एक गर्भवती इजरायली महिलाको ज्यान जाने गरी भएको आक्रमणको दोषी पत्ता लगाउने क्रममा कब्जा गरिएको पश्चिम किनारामा छापा मार्ने क्रम जारी छ र सडक अवरुद्ध भएको छ।”
गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार बिहानैदेखि इजरायली बमबारीमा परी मृत्यु हुनेको संख्या १०३ पुगेको छ।
इजरायलले मार्च २ मा गाजा प्रवेशमा सबै सहायता रोकेको थियो भने मार्च १८ मा पुनः सैन्य कारबाही सुरु गरेको थियो।
ह्युमन राइट्स वाच (एचआरडब्लु) का अन्तरिम कार्यकारी निर्देशक फेडेरिको बोरेलोले एक विज्ञप्ति जारी गर्दै भने, “इजरायलको नाकाबन्दीले सैन्य रणनीतिलाई उछिनेर विनाशको स्रोत बनेको छ।”
एचआरडब्लुले भनेको छ, “गाजाको नागरिक संरचना भत्काउने र प्यालेस्टिनी जनसंख्यालाई एउटा सानो क्षेत्रमा केन्द्रित गर्ने इजरायली सरकारको योजनाले मानवताविरुद्ध जारी अपराध, जातीय सफाया र नरसंहारको घृणित कार्यलाई व्यापक रूपमा बढाउनेछ।”
इजरायलले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणमा कब्जामा लिइएका बाँकी बन्धकहरूलाई मुक्त गर्न हमासलाई दबाब दिने उद्देश्य राखेको बताएको छ।
अमेरिकी सहयोग प्राप्त गैरसरकारी संस्था गाजा ह्युमेनिटेरियन फाउन्डेसनले इजरायली अधिकारीसँगको वार्तापछि यसै महिनाबाट गाजामा मानवीय सहायता वितरण सुरु गर्ने जनाएको छ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच युरोपेली सदस्य राष्ट्रले मंलबार एक संयुक्त वक्तव्य जारी गर्दै इजरायली योजनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
हमासशासित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलले मार्च १८ देखि पुनः आक्रमण सुरु गरेयता दुई हजार ८७६ जनाको मृत्यु भएको जनाएको छ।
हमासले सन् २०२३ अक्टुबर ७ मा गरेको आक्रमणमा इजरायली पक्षका एक हजार २१८ जनाको मृत्यु भएको थियो।







डिसी नेपाल








Facebook Comment