१६औं पञ्चवर्षीय योजनाअनुसार अबको बजेट बन्नुपर्छ : सांसद श्रेष्ठ

डिसी नेपाल
२ जेठ २०८२ १३:४७
16
Shares

काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले १६औं पञ्चवर्षीय योजनाअनुसार अबको बजेट बन्नुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एकातिर योजना बनाउने र अर्कोतर्फ काम गर्दा लक्ष्यमा पुग्न नसकिने बताएका हुन्।

उनले भने, ‘१६औं पञ्चवर्षीय योजनाअनुसार बजेट बन्न सक्नुपर्छ। एकातिर हामीले योजना बनाउने, काम चाँही अर्को तर्फ गरेपछि लक्ष्यमा पुग्न सकिँदैन। अहिलेसम्म हामीले पञ्चवर्षीय योजनाअनुसार काम गर्न सकेका छैनौं। त्यसैले हामीले यसलाई आधार मानेर जान सक्नुपर्छ।’

साथै, उनले मानव सूचांकको आधारमा बजेट विनियोजन गरिनुपर्ने सुझाव दिए। उनले मधेश प्रदेश शिक्षामा सबैभन्दा पछि परेको र गरिबीमा कर्णालीपछि दोस्रोमा पनि मधेश प्रदेश नै परेकोले मानव विकास सूचांकको आधारमा बजेट छुट्याउनुपर्ने माग गरे। उनले मधेशलाई सामाजिक र आर्थिक रुपमा रुपान्तरण गर्न आवश्यक रहेको औंल्याए।

उनले भने, ‘मानव सूचांकको आधारमा चाहीँ हामीले बजेट विनियोजन गर्नुपर्छ। जसले गर्दा विगतमा पनि सबैको असन्तुष्टि रह्यो। हाम्रो मधेस प्रदेश शिक्षामा सबैभन्दा पछाडि छ र गरिबीमा कर्णाली पछि दोस्रो पनि मधेश प्रदेश नै छ। यो मानव सूचांकको आधारमा यसपटक चाहीँ हाम्रो सरकारले बजेट विनियोजन गरोस्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *