प्रधानमन्त्रीसँग बंगलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट

डिसी नेपाल
२ जेठ २०८२ १७:५६
32
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिदले आज शिष्टाचार भेट गरेकी छन्।

नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका मुर्सिदले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेकी हुन्।

सो अवसरमा दुई देशबीच रहँदै आएको आपसी हित, मित्रवत सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भएको थियो। भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *