सगरमाथा संवादको पहिलो दिन सकारात्मक रह्योः मन्त्री राणा

डिसी नेपाल
२ जेठ २०८२ १८:५१
48
Shares

काठमाडौं। परराष्ट्र मन्त्री आरजु राणा देउवाले सगरमाथा संवादको पहिलो दिन एकदमै सकारात्मक भएको बताएकी छन्।

‘सगरमाथा संवाद’ पश्चात आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आज भएको सगरमाथा संवादको पहिलो दिनमा आफ्नो भनाइमा व्यक्त गर्ने सबै वक्ताहरूलाई धन्यवाद दिँदै संवाद सकारात्मक भएको बताईन्।

उनले भनिन्, ‘सबै प्रतिष्ठित वक्ताहरूलाई उनीहरूको भनाइमा व्यक्त हुने बहुमूल्य अन्तर्दृष्टिको लागि धन्यवाद दिन चाहन्छु। तपाईको विचार र आवाजले हाम्रो अगाडि बढ्ने बाटो, हाम्रो सामूहिक कार्यलाई आकार दिन साँच्चै धेरै महत्वपूर्ण भूमिका खेल्छ। सबैले जलवायु परिवर्तनको बारेमा विस्तृत जानकारी दिनुको साथै जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न आफ्नो देशमा गरिरहेका कामहरुको बारेमा पनि जानकारि गराउनु भएको छ।’

यस्तै उनले हिमालहरु नभएको देशले पनि यसमा चासो देखाएको भन्दै यसले नेपाललाई अझै प्रोत्साहन गरेको बताईन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *