प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

डिसी नेपाल
२ जेठ २०८२ २२:१५
148
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरू भएको सगरमाथा संवादका अतिथिहरूको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गरेका छन्।

समारोहमा प्रधानमन्त्री ओलीले अतिथिहरूलाई स्वागत गरेका थिए। समारोहमा नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्री, विशिष्ट श्रेणीका कर्मचारीलगायत थिए भने विभिन्न देशबाट पालेका मन्त्री, नीति निर्माता, विज्ञलगायत थिए।

संवादमा तीन दर्जन बढी मुलुकका एक सय ७५ विदेशी पाहुना सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। संवादको उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भइ पूर्ण सत्र र समानान्तर सत्र सञ्चालन भएका थिए। सगरमाथा संवाद तीन दिनसम्म चल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *