विद्युतीय अपराध सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं । संखुवासभा, विद्युतीय अपराध सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा सुनसरी हरिनगर गाउँपालिका-१ घर भएका २५ वर्षीय जुबेर आलम मियालाई प्रहरीले पक्राउ गरेको छ।
मियाले सामाजिक सञ्जाल टिकटकमा पीडितको अश्लिल फोटो तथा भिडियो गत २५ गते पोष्ट गरी विद्युतीय अपराध सम्बन्धी कसूर गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको समन्वयमा इटहरी उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो।
उनी उपर जिल्ला अदालत संखुवासभा चैनपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment