आन्दोलनको तयारीमा जुट्दै राजावादी
काठमाडौं। नबराज सुवेदी नेतृत्वमा रहेको राजावादीहरूकाे संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ देखि गर्ने राजधानी केन्द्रित आन्दोलनको तयारी तिब्र पार्दै लगेको छ।
आन्दोलनलाई बढी भब्दा बढी जनसहभागीतालाई मध्यनजर गर्दै उपत्यका जनजागरण अभियान संचालन गर्ने समेत निर्णय गरेको छ। राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले काठमाडौं, ललितपुर र भक्तपुर केन्द्रित ५ दिने जनजागरण अभियान शुरु गर्ने भएको छ।
काठमाडौंको साँखुबाट शुरु हुने अभियान काठमाडौंको काँठ क्षेत्र हुँदै ललितपुरबाट भक्तपुरको चाँगुनारायण पुगेर समापन गरिने भएको छ। “कार्यक्रम तय गर्न एक कार्यदल बनाइएको थियो, कार्यदलले बिस्तृत कार्यक्रम बैठकमा पेश गरेको छ,’ स्रोतले भन्यो।
कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न आज एक भेला समेत आयोजना गरिएको छ। संयुक्त जनआन्दोलन समितिका संयोजक नबराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (बिपि) , राष्ट्र , राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान , शिव सेना नेपाल, नेपालका लागि नेपाली, शिव सेना नेपाल, राष्ट्रिय सरोकार मञ्च , बिश्व हिन्दु महासंघलगायतका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।
यसै गरि जनआन्दोलनको आबश्यकता, औचित्य र महत्त्वको बारेमा आगामी जेठ ६ गते विभिन्न क्षेत्रका प्रबुद्ध वर्गसँग अन्तरक्रिया कार्यक्रम तय गरि तयारी भैरहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। “शिर्ष नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुन्छ” उनले भने।







डिसी नेपाल








Facebook Comment