मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन ब्रिजमा ठोक्कियो

डिसी नेपाल
४ जेठ २०८२ १०:५२
1.0k
Shares

काठमाडौं । न्यूयोर्क शहरको ब्रुकलिन ब्रिजमा ठोक्किएपछि मेक्सिकन नौसेना प्रशिक्षण जहाजमा क्षति पुगेको छ। यो जहाज त्यहाँ विशेष कार्यक्रमको लागि गएको थियो।

शनिबार साँझ जहाज यस पुलमुनिबाट गुज्रिरहेको बेला विशाल मस्तूल (जहाजमा रहेको अग्लो खम्बा) पुलमा ठोक्किएको भिडियो सार्वजनिक भएको छ।

रिपोर्टका अनुसार, ठोक्किएपछि जहाजको मस्तूलको केही भाग भाँचिएर जहाजमा खसेको थियो र अमेरिकी मिडियाले धेरै जना घाइते भएको रिपोर्ट गरेको छ।

न्यूयोर्क शहरको आपतकालीन व्यवस्थापन एजेन्सीले राहत कार्यमा संलग्न रहेको बताएको छ तर थप विवरण भने दिएको छैन।

मेक्सिकन नौसेनाले जहाज क्षतिग्रस्त भएको पुष्टि गरेको छ। घटनाको अनुसन्धान भइरहेको पनि उसले बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *