इच्छाराज तामाङलाई सर्वोच्चबाट पनि दोषी ठहर

डिसी नेपाल
४ जेठ २०८२ १९:०३
5.1k
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका इच्छाराज तामाङको कसुर सर्वोच्च अदालतबाट सदर भएको छ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद तामाङलाई थुनामा पठाउने आदेश सदर गरेको हो।

आफूलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै तामाङले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

यसअघि विशेष अदालतले तामाङलाई दोषी ठहर गरी एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ बराबरको जरिवाना गरेको थियो। त्यस्तै तीन वर्ष कैद सजायसमेत सुनाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *