अमेरिकी पूर्व राष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर

डिसी नेपाल
५ जेठ २०८२ ७:३५
996
Shares

काठमाडौं। अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ। ८२ वर्षीय पूर्व राष्ट्रपति बाइडनलाई देखिएको क्यान्सर हड्डीमा समेत फैलिएको उनको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ।

गतसाता पिसाव सम्बन्धी केही समस्या देखिएपछि चिकित्सकसँग परामर्श गरेका बाइडनको शुक्रबार नै क्यान्सर भएको पुष्टि भएको हो। बाइडनमा देखिएको क्यान्सर तीब्र गतिमा फैलने प्रकृतिको रहेको जनाइएको छ।

बाइडेन र उनको परिवार अहिले चिकित्सकहरुको परामर्शमा विभिन्न उपचार विकल्पहरूको अध्ययन गरिरहेको छ। बाइडनलाई देखिएको क्यान्सर औषधिको प्रयोग गरेर नियन्त्रणमा ल्याउन सकिने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.