रविको बन्दीप्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीशसहितको इजलासमा
काठमाडौं। रास्वपा सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनकी श्रीमती निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा पेशी तोकिएको छ।
यसअघि पटक-पटक हेर्न नमिल्नेमा परेर सुनवाइ स्थगित हुँदै आएको थियो। ६ पटक पेशीमा चढेकोमा ५ पटक हेर्न नमिल्नेमा परेको थियो भने एक पटकमात्रै सुनवाइ भएको छ। आज सो रिट प्रधानन्यायाधीश राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइको लागि तोकिएको हो।
लामिछाने अहिले सहकारी ठगी प्रकरणमा जिल्ला कारागार कार्यालय रुपन्देहीमा थुनामा छन्। जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा रिहा गरेको थियो।
तर, उच्च अदालतले जिल्ला अदालतको आदेश उल्ट्याउँदै उनलाई थुनामा पठाएको थियो। लामिछानेलाई काठमाडौंबाट नियन्त्रणमा लिँदा कानुनी प्रक्रिया पूरा नगरिएको रिट निवेदकको दाबी छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment