भारतसँग तनाव बढिरहेका बेला पाकिस्तानका विदेशमन्त्री तीन दिनका लागि चीन गए

डिसी नेपाल
५ जेठ २०८२ १३:१५

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री मोहम्मद इशाक दार सोमबार चीनको तीन दिने भ्रमणका लागि प्रस्थान गरेका छन् ।

यस भ्रमणको क्रममा इशाक दारले चिनियाँ विदेशमन्त्री वाङ यीका साथै चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख सदस्यहरू सहित अन्य वरिष्ठ चिनियाँ नेताहरूसँग भेट गर्नेछन्।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार यी बैठकहरू क्षेत्रीय विकास र पाकिस्तान-चीन सम्बन्धका विभिन्न आयामहरूमा केन्द्रित हुनेछन्।

यसअघि पाकिस्तानको विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै चीनले पाकिस्तानी विदेशमन्त्री इशाक दारलाई तीन दिने भ्रमणको लागि आमन्त्रित गरेको जनाएको थियो।

इशाक दारले मे १९ देखि मे २१ सम्म चीनको भ्रमण गर्नेछन्। यस क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग दक्षिण एसियाको अवस्थाबारे गहन छलफल गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *