निभ्न लागेको बत्ती सरह भइसकें, राजनीतिमा आउने सोच छैन: राधिका शाक्य
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एंव प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउनको लागि कुनै चासो नभएको बताएकी छन्।
सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’ बारे अन्तरक्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र भन्दै प्रश्न गरिन्। उनले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरु पनि गुम्ने संकेत गरिन्।
उनले भनिन्, ‘तपाइँ राजनीतिमा पो सलबलाउन थाल्नु भएको हो की भन्ने पत्रकारहरुका प्रश्न आएका छन्। यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन्। मैंले आफ्नो उर्जाशील जवानीमा त राजनीति गरिन । अब निभ्न लागेको बत्ती भनेको जस्तै आजको यो उमेरमा किन राजनीतिमा आउछु र। के पाउछु र ? अहिले चुप लागेर बसेको छु र नै धेरै कुरा प्राप्त गरेको छु। जहाँसम्म लाग्छ राजनीतिमा लागेको भए यति कुरा पनि पाउदिन थिए होला।’
यस्तै, उनले केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भन्ने कता–कता प्रश्न गरेको सुनेको पनि बताइन्। शाक्यले भनिन्, ‘मलाई धेरै मान्छेहरुले अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर प्रश्न गरेको सुनेकी छु। तर केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर भन्नुभएको छैन्। म आफैंले पनि राजनीति गर्छु भनेर भनेको पनि छैन्। म एउटा सामान्य नेपाली हुँ, यो नेपालको इमान्दार छोरी हुँ र मैले जति कुरा बुझेकी छु, मेरो मन मस्तिष्कले जति कुरा बुझेको छ। कुन ठिक, कुन बेठिक भन्ने कुरा बुझेकी छु। ति सबै कुरा किताबमार्फत व्यक्त गरेकी छु।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment