मन्त्रिपरिषद बैठक स्थगित, ओली-देउवाबीच छलफल हुँदै
काठमाडौं। आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ। साँझ ६ बजेदेखि तय गरिएको मन्त्रिपरिषदकाे नियमित बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो।
आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति हुनसक्ने बताइएको थियो। बैठकको अर्को मिति र समय पनि तोकिएको छैन।
यस्तै आजै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच छलफल हुने भएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment