इजरायली सेनाले प्यालेस्टिनीहरूलाई खान युनिस खाली गर्न चेतावनी दियो

डिसी नेपाल
६ जेठ २०८२ १०:३१
340
Shares

काठमाडौं । इजरायली सेनाले खान युनिस, बानी सुहेला र अबासनमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई तुरुन्तै त्यो ठाउँ छोड्न भनेको छ।

इजरायल डिफेन्स फोर्सेस (आइडीएफ) का प्रवक्ता अवीचाई आड्राईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भनेका छन् – आइडीएफले यस क्षेत्रमा आतंकवादी संगठनहरूको शक्तिलाई नष्ट गर्न अभूतपूर्व आक्रमण सुरु गर्नेछ।

“तिमीहरू सबै तुरुन्तै पश्चिम तर्फको मावा क्षेत्रतिर लाग्नुपर्छ,” उनले एक्समा लेखे। अद्राईले भने – खान युनिस अब खतरनाक युद्ध क्षेत्र मानिनेछ।

यसअघि इजरायली सेनाले गाजामा ‘ठूलो जमिन अपरेशन’ सुरु गरेको बताएको थियो।

साथै, इजरायलले भनेको छ – उसले गाजामा “आवश्यक मात्रामा खाना” पठाउन अनुमति दिनेछ, ताकि १० हप्ताको नाकाबन्दी पछि भोकमरीको संकट नहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.