गभर्नर सिफारिस समितिको बैठक जारी

डिसी नेपाल
६ जेठ २०८२ १६:४२
88
Shares

काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक जारी रहेको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक बसिरहेको हो।

बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने बताइएको छ।

आज प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफलले प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको छ। आजै बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने बताइएको छ।

राष्ट्र बैंकको गभर्नर पद गत चैत २५ गतेदेखि रिक्त छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *