पार्टीले रूकुम पश्चिमको समुचित विकासमा ध्यान दिनेछः प्रचण्ड

डिसी नेपाल
६ जेठ २०८२ २२:०५
44
Shares

काँक्रेविहार। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले रूकुम पश्चिमको समुचित विकासमा ध्यान दिने बताएका छन्।

आज चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले स्थानीय तहसँग सहकार्य गरेर पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा योजनाबद्ध रूपमा अघि बढ्न आवश्यक रहेको र त्यसमा पार्टीले ध्यान दिने बताए।

अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग अभियानकै उत्कृष्ट कार्यक्रम यहाँ भएको भन्दै चौरजहारीको जनसभामा उत्साहपूर्ण जनसहभागिता र समर्थनले आफू अत्यन्त उत्साहित भएको उल्लेख गरे। ‘पार्टीप्रति रुकुमबासीको माया, समर्थन र सहभागिता कहिल्यै बिर्सने छैन’, उनले भने, ‘यहाँका जनताप्रति हाम्रो जिम्मेवारी झनै बढेको छ। विकासका योजना र पार्टीको प्राथमिकता अब रूकुममै केन्द्रित गर्नेछौँ।’

कार्यक्रममा स्थानीय नेता, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *