हिजो हेर्दाहेर्दैमा राखिएको रवि लामिछानेको रिटमाथि आज सुनुवाइ नहुने

डिसी नेपाल
७ जेठ २०८२ ११:१७
1.7k
Shares

काठमाडौं । सर्वोच्च अदालतको संयुक्त इजलासमा हिजो हेर्दाहेर्दैमा राखिएको पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ ।

सामान्यतया अघिल्लो दिन सुनुवाइ भएर हेर्दाहेर्दैमा राखिएको मुद्दा अर्को अदालत खुल्ने दिन निरन्तर सुनुवाइ गर्ने अभ्यास भए पनि हिजो बसेको संयुक्त इजलास नै आज नबस्ने भएपछि मुद्दाको सुनुवाइ नहुने भएको हो ।

हिजो न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सुरु भएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । तर आज २ मध्ये एक न्ययाधीश संगुक्त इजलासमा बस्नका लागि उपलब्छ नहुने भएपछि सुनुवाइ स्थगित गरिएको हो ।

अदालतको रेकर्डअनुसार आज संवैधानिक इजलास बस्दैछ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशको अध्यक्षतामा अन्य ४ जना न्यायाधीश पनि हुन्छन् । न्यायाधीश नहकुल सुवेदी पनि आज संवैधानिक इजलासमा बस्नु पर्ने भएकाले उनीसहितको संयुक्त इजलास बस्न नसक्ने भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.