निर्वासन मुद्दामा ट्रम्प प्रशासनलाई संघीय न्यायाधीशको चेतावनी

डिसी नेपाल
७ जेठ २०८२ १३:५३
64
Shares

काठमाडौं । अमेरिकी संघीय अदालतका एक न्यायाधीशले आप्रवासी नागरिकहरूलाई दक्षिण सुडान पठाएकोमा ट्रम्प प्रशासनलाई अवहेलनाको धम्की दिएका छन्।

न्यायाधीश ब्रायन मर्फीले देश निकालाले गत महिनाको उनको आदेशको उल्लङ्घन गरेको बताए, जसमा उनले अमेरिकी सरकारलाई आप्रवासीहरूलाई सुनुवाइको “उचित अवसर” नदिई तेस्रो देशमा देश निकाला गर्नबाट रोक लगाएका थिए।

न्यायाधीश मर्फीलाई दिएको निवेदनमा वकिलहरूले भनेका छन् – म्यानमार र भियतनामका नागरिकहरू सहित एक दर्जन मानिसहरू बोकेको विमान मंगलबार दक्षिण सुडानमा अवतरण गरेको थियो।

दक्षिण सुडान विश्वको सबैभन्दा गरिब देशहरू मध्ये एक हो र हालका वर्षहरूमा आन्तरिक द्वन्द्व र राजनीतिक अस्थिरताले ग्रस्त छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *