दोहोरो भिडन्तमा २६ माओवादी मारिए
काठमाडौं । छत्तीसगढको माओवादी प्रभावित क्षेत्र नारायणपुरमा भएको मुठभेडमा २६ माओवादी मारिएको प्रहरीले दाबी गरेको छ।
राज्यका गृहमन्त्री विजय शर्माले बुधबार भने, “ओरछा क्षेत्रमा लगभग ५० घण्टादेखि खोजी अभियान चलिरहेको थियो। यसमा २६ भन्दा बढी माओवादी मारिएका छन्। केही ठूला माओवादी कार्यकर्ताहरू पनि मारिएको रिपोर्ट आएको छ।”
उनले मारिएका माओवादीहरूको संख्या बढ्न सक्ने कुरालाई अस्वीकार गरेका छैनन्। उनले खोजी कार्य अझै जारी भएको बताउँदै भने ‘हाम्रो सरकार छत्तीसगढलाई ‘रातो आतंक’बाट मुक्त गर्न प्रतिबद्ध छ।’
विगत १५ महिनामा, छत्तीसगढमा प्रहरीले माओवादीहरू विरुद्ध सघन कारबाही सञ्चालन गरेको छ, जसमा अहिलेसम्म ४०० भन्दा बढी संदिग्ध माओवादीहरू मारिएका छन्।
देशका गृहमन्त्री अमित शाहले मार्च ३१, २०२६ सम्ममा देशबाट माओवाद पूर्ण रूपमा उन्मूलन गर्ने घोषणा गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment