नवनियुक्त गभर्नरलाई कामु गभर्नरले गरिन् स्वागत
काठमाडौं । नेपाल राष्ट्र बैंकका नबनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको स्वागत गरिएको छ।
कायमुकाम गभर्नर डा. निलम ढुंगना तिम्सिनालगायत राष्ट्र बैंकका उच्च अधिकारीले नवनियुक्त गभर्नर पौडेललाई स्वागत गरेका हुन्।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको थियो।
आज प्रधानन्यायधिश प्रकाशमान सिंह राउतसँग पद तथा गोपनियताको सपथ लिएर उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई भेटघाट गरेपछि उनी राष्ट्र बैंकमा पदभार ग्रहण गर्न पुगेका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment